About Us

Home About Us

प्रदेश नं ५ अन्तर्गत गुल्मी जिल्लाको सदरमुकाम तमघासबाट उत्तरपुर्व संसदिय निर्वाचन क्षेत्र नं १ को प्रदेश क्षेत्र नं क मा पर्दछ । समुद्री सतहबाट करिव ३९०० फिट उचाइमा रहेको सत्यवती गाँउपालिका वडा नं ७ साविकको जुनियाँ गा.वि.स. वडा नं ६,७,८ र ९ अन्तर्गत चिदीपानीमा अवस्थित रहेको छ । यो विद्यालय अहिलेको सत्यवती गाँउपालिकाको मुख्य केन्द्र खैरेनी देखि उत्तर पश्चिममा रहेको छ । सत्यवती गाँउपालिका वडा नं ६ परमानन्दनगर चोरकाटे देखि करिव ४.५ किलोमिटर उत्तर दिशामा रहेको यस विद्यालय क्षेत्रको हावापानी समशितोष्ण प्रकारको रहेको छ । भौगोलिक हिसावले अलि पछाडि परेको यो ठाँउ हरियाली वनजङ्गल सहितको प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ । प्राकृतिक प्रकोप तथा विपत्तिबाट कुनैपनिखालको असर नपरेको यो विद्यालय सुन्दर शान्त, मनोरम र रमणिय वातावरणमा अवस्थित रहेको छ ।